भुइँमान्छेको मनमा थुप्रिँदै गएको तनाव
Read the full story at Setopati

कसैलाई कामको तनाव छ। कसैलाई पैसाको। कसैलाई पढाइको। कसैलाई परिवारको। कसैलाई स्वास्थ्यको। कसैलाई भविष्यको। कसैलाई जागिर टिकाउने चिन्ता छ भने कसैलाई जागिर खोज्ने चिन्ता। कसैलाई व्यवसाय चलाउने तनाव छ भने कसैलाई व्यवसाय बन्द हुने डर। कसैलाई घरको किस्ता तिर्नुपर्ने चिन्ता छ, कसैलाई आजको खाना कसरी जुटाउने भन्ने चिन्ता!
बाहिरबाट हेर्दा हामी सबै सामान्य देखिन्छौँ। बाटोमा हिँड्छौँ, मुस्कुराउँछौँ, चिया खान्छौँ, मोबाइल चलाउँछौँ, सामाजिक सञ्जालमा तस्बिर राख्छौँ। तर ती मुस्कानभित्र कति ठूलो चिन्ता लुकेको छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा हुँदैन। मानिसको सबैभन्दा ठूलो पीडा सधैँ आँखाबाट आँसु बनेर निस्कँदैन। कतिपय पीडा मौन हुन्छन्। कतिपय पीडा रातभर निद्रा नलागेर व्यक्त हुन्छन्। कतिपय पीडा बिहान उठ्नेबित्तिकै सुरू हुन्छन्। यस्ता प्रश्नहरू आज धेरै नेपालीको बिहानसँगै उठ्छन् र राति सुत्दा पनि सँगै हुन्छन्। त्यसैले मानसिक तनावलाई केवल व्यक्तिको कमजोरी भनेर बुझ्नु हुँदैन।
धेरैपटक तनावको जरा व्यक्तिको मनभित्र मात्र हुँदैन, उसको सामाजिक र आर्थिक जीवनमा पनि हुन्छ। भोकको पीडा केवल खाना नपाउनेलाई मात्र थाहा हुन्छ भन्ने होइन। कहिलेकाहीँ खाना पाएको मानिसलाई पनि भोलिको खानाको चिन्ता हुन्छ। एक मजदुरले दिनभरि घाममा काम गर्छ। हातमा पसिना हुन्छ। शरीर थाकेको हुन्छ। साँझ घर फर्किँदा उसले सबभन्दा पहिले आफ्नो परिवार सम्झन्छ।
More politics
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post