ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ
Read the full story at Bizmandu
काठमाडौं। ग्लोबल आइएमई बैंकले उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउने भएको छ। बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार भवन निर्माणका लागि भूमिपूजा गरेका छन्।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो १२ तले आधुनिक संरचना हुने बैंकले जनाएको छ। अध्यक्ष ढकालका अनुसार भवन निर्माणमा नवीनतम इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिइनेछ। यस्तै जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिने ढकालले जानकारी दिए।
उनले भवनमा वर्षाको पानी पुनः प्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणाली हुने बताए। उनका अनुसार भवनमा दुई तहको फराकिलो भूमिगत पार्किङ हुनेछ। The post ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ appeared first on BIZMANDU .
More environment
- उत्तरढोकामा ग्लोबल आईएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन बन्दै, चन्द्र ढकालले गरे भूमिपूजाNepal Khabar
- चितवनमा रविको अर्थपूर्ण सम्बोधन- लोकतन्त्रको अवमूल्यन गर्ने अधिकार कसैलाई छैनNepal Khabar
- Landslide dams river, forming lake in GorkhaKathmandu Post
- कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँOnlinekhabar (Nepali)
- Indonesia doubles down on climate goals despite surging wildfire emissionsSouth China Morning Post
- COP31 faces tough test as climate threats mountOnlinekhabar English