शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ । आगामी २०८३ साल मङ्सिर महिनादेखि कार्यान्वयनमा आउने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुने भएका छन् ।
शुक्रबार शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने सम्बन्धमा सम्झौता भएको हो । कार्यक्रमअन्तर्गत मासिक २० युनिटसम्म विद्युत खपत गर्ने ५ एम्पियर मिटर जडान गरेका ग्राहकले तिर्नुपर्ने न्यूनतम विद्युत शुल्क नगरपालिकाले व्यहोर्नेछ । नगरपालिकाका अनुसार हाललाई यो कार्यक्रम २०८४ साल असार मसान्तसम्म सञ्चालन हुनेछ ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले विशेषगरी विपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए । उनका अनुसार सामान्य न्यूनतम विद्युत शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नु पनि कार्यक्रमको प्रमुख उद्देश्य हो । ‘विशेषगरी नगरपालिकाका दुर्गम तथा दूरदराजका बस्तीमा बसोबास गर्ने नागरिकहरू न्यूनतम विद्युत शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत कार्यालयसम्म आउनुपर्ने बाध्यता छ।
More politics
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post