उत्तरी पाकिस्तानमा भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु
Read the full story at Ratopati

काठमाडौँ । उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलले बताए ।
उद्धारकर्ताहरूले शुक्रबारसम्म खोजी र उद्धार अभियान जारी रहेको र भ्यानमा सवार ११ जनाको शव र तीन घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् । क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै उक्त सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने घाइतेहरूलाई आवश्यक औषधि उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ । पाकिस्तानमा सडकको खराब अवस्था, ट्राफिक कानुनको अपर्याप्त कार्यान्वयन र असुरक्षित चालक अभ्यासका कारण विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरू पटक–पटक हुने गरेको बताइएको छ ।
गत हप्ता, पूर्वी पाकिस्तानमा बस र ट्रकको टक्कर हुँदा ११ जनाको मृत्यु भएको थियो भने अन्य ३३ जना घाइते भएका थिए ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post