विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल
Read the full story at Onlinekhabar (Nepali)

विश्वस्तरमा स्थापित पवित्र लुम्बिनीको पहिचानले त्यहाँ आसपासका बासिन्दाहरूको जीवनमा के परिवर्तन ल्यायो भन्ने प्रश्न नेपालले अझै गम्भीरतापूर्वक उठाउन सकेको छैन। संयुक्त राष्ट्रसंघको संलग्नता र अन्तर्राष्ट्रिय बौद्ध कूटनीतिको केन्द्र बनेको लुम्बिनीमा तीर्थयात्री र ठूला विहारहरूको चमक त छ, तर स्थानीय किसान, व्यवसायी र युवाहरू यो विकास प्रक्रियाबाट किन ओझेलमा परेका छन् ? विश्वस्तरमा स्थापित पवित्र लुम्बिनीको पहिचानले त्यहाँ आसपासका बासिन्दाहरूको जीवनमा के परिवर्तन ल्यायो भन्ने प्रश्न नेपालले अझै उठान गर्न सकेको छैन।
हरेक वर्ष बुद्ध पूर्णिमाका दिन श्रीलङ्का, थाइल्यान्ड, जापान, कोरिया र भियतनामबाट आएका तीर्थयात्री लुम्बिनीका इँटा बिछ्याइएका बाटामा हिँड्छन्। मायादेवी मन्दिर परिसरमा भिक्षुहरू मन्त्रोच्चारण गर्छन् भने अशोक स्तम्भतर्फ क्यामेराहरू सोझिन्छन्। केही घण्टाका लागि नेपाल आफूलाई संसारसामु जसरी चिनाउन चाहन्छ, त्यस्तै देखिन्छ- करुणाको उद्गमस्थल र विश्व समुदायलाई आतिथ्यता गरिरहेको रूपमा।
तर लुम्बिनीबाट केही किलोमिटर पर रहेका किसान, अतिथिगृह सञ्चालक वा रोजगारीको खोजीमा रहेका युवालाई यसले उनीहरूको परिवारको जीवनमा के परिवर्तन ल्यायो भनेर सोध्ने हो भने वास्तवमा यसको व्यवस्थित मूल्याङ्कन नै भएको छैन।
More world
- Building trust and confidence a must before going to India with a wish list, experts advise Nepali leadershipKathmandu Post
- Dozens Killed In Yemen Strikes: Saudi raids reportedly hit homes; UN truce collapse fearedTimes of India
- Revanth challenges KCR for debate on Kaleshwaram, El Niño and Godavari waters in the special Assembly sessionThe Hindu
- Fresh Houthi threat? Saudi Arabia issues potential danger alerts in 3 citiesTimes of India
- FSSAI seizes 3,280 tonne food items, cancels 52 licences in nationwide inspection driveThe Hindu
- PM Modi Extends "Boundless Diwali Wishes To Family Members" Across CountryNDTV