Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

वृद्धाश्रममा देउसी भैलो

Read the full story at Onlinekhabar (Nepali)

वृद्धाश्रममा देउसी भैलो

धनकुटा नगरपालिका-९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् । २४ कात्तिक, धनकुटा। छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम ।

जीवनको उत्तरार्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरू प्रायः सम्झनामै सीमित हुने गर्छन् । तर, यस वर्षको तिहारमा भने धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा फरक रौनक छायो । धनकुटा नगरपालिका-९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् । कलाकारहरूको गीत र संगीतमा वृद्धाश्रमका जेष्ठ नागरिक पनि रमाउँदै नाचेका थिए ।

केहीका आँखा रसाए, केहीका ओठमा मुस्कान छायो । वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकार वृद्धाश्रम पुगेका थिए । टोलीमा ७६ वर्षीया गायिका टिकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी र तारा ढकाललगायत कलाकार सहभागी थिए । गायक पराजुलीले देउसीभैलोसँगै आफ्ना चर्चित गीत ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘कान्छीको छाता ढल्काइदेऊ यता’ र ‘सालैज्यू सालैज्यू’ लगायत करिब एक दर्जन गीत प्रस्तुत गरे ।