Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

मधेशकी राजदेवी : आस्था, किंवदन्ती र अनुत्तरित इतिहासको खोजीमा एक फन्को

Read the full story at Onlinekhabar (Nepali)

मधेशकी राजदेवी : आस्था, किंवदन्ती र अनुत्तरित इतिहासको खोजीमा एक फन्को

मधेश प्रदेशका विभिन्न जिल्लामा प्रसिद्ध राजदेवी मन्दिरको वास्तविक इतिहास के हो ? कतिपयले यसलाई राजा जनककी कुलदेवी मान्छन्, कसैले सेनवंशी राजाहरूकी इष्टदेवी त कतिपयले नेपाल एकीकरणपछि शाहवंशीय कालमा स्थापित ‘कोत’ सँग जोड्छन्। यसपटक २०८१ असारको २ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशका सबै जिल्लाको भ्रमण गर्ने अवसर मैले पाएको थिएँ। हुन त यसअघि पनि मैले थुप्रैपटक मधेशको भ्रमण गरेको हुँ, तर सायद यसपटकको भ्रमणको उद्देश्य र प्रक्रिया अलिक फरक थियो।

मधेश मिडिया काउन्सिलको संयोजनमा सम्पन्न यो भ्रमणका क्रममा मैले मधेशलाई नयाँ ढङ्गले चिन्ने र बुझ्ने अवसर पाएको थिएँ। मैले थाहा पाएँ- मैले सुनेको, चिनेको र बुझेको राजदेवीको उपस्थिति जनकपुर र राजविराजमा मात्र रहेनछ। मैले त पर्साबाहेक मधेशका सात जिल्लामा राजदेवीलाई तिनकै मन्दिरमा भेटेँ। यो भेटसँगै राजदेवीका बारेमा ममा रहेको मान्यता र अवधारणामा परिवर्तन आएको थियो।

राजदेवीका बारेमा केही नयाँ तथ्य र ऐतिहासिक पक्षका बारेमा पनि अध्ययन–अनुसन्धानको लाभ लिने अवसर मिल्यो मलाई। जनकपुर (धनुषा) मेरो घर हो र सप्तरी ससुराली। यस आधारमा पनि होला, यी दुई जिल्लामा मेरो आउजाउ बाक्लै हुने गरेका आधारमा जनकपुर र राजविराजको राजदेवी मन्दिरका बारेमा राम्रै सुनाइ भए पनि अन्यत्रका बारेमा मलाई खासै जानकारी थिएन।