लुम्बिनीले टस जित्यो, ब्याटिङमा काठमाडौं, दुवै टोलीले गरेका छन् प्लेइङ ११ मा परिवर्तन
Read the full story at Bizmandu
काठमाडौं। लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्ता दिएका हुन्।
जारी संस्करणमा ४ खेलबाट ७ अंक बनाएको लुम्बिनी एकमात्र अपराजित टोली हो भने काठमाडौंले ३ खेलबाट ४ अंक बनाएको छ। शीर्षस्थानको लुम्बिनी आजको खेल जितेर आफूलाई अझ बलियो स्थितिमा पुर्याउने लक्ष्यमा रहनेछ भने काठमाडौं ६ अंक बनाएर दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ। आज लुम्बिनीले समीम हुसैनको स्थानमा ग्रान्ट स्टेवार्टलाई स्थान दिएको छ भने किसोर महतोको स्थानमा अभिषेश गौतम छन्।
त्यस्तै, काठमाडौंमा आदिल अन्सारी देव शाहको स्थानमा टोलीमा फर्किएका छन्। लुम्बिनी लायन्स प्लेइङ ११ रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, अभिषेश गौतम, आशिफ शेख, दीलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट, ग्रान्ट स्टेवार्ट, समीम हुसैन काठमाडौंको प्लेइङ ११ करण केसी (कप्तान), भीम सार्की, रशिद खान, साहिल पटेल, शहाब अलाम, सन्तोष यादव, स्मित पटेल, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर The post लुम्बिनीले टस जित्यो, ब्याटिङमा काठमाडौं, दुवै टोलीले गरेका छन् प्लेइङ ११ मा परिवर्तन appeared first on BIZMANDU .
More sports
- बंगलादेशी क्रिकेटर शकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्नेNepal Khabar
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- Ponga-inspired New Zealand reach World Cup finalBBC
- Germany hopes to host world ice hockey championship — without RussiaDW
- क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटनNagarik News
- नेपाली मौलिक परिकार सेलरोटीको संरक्षण र प्रवर्धन गर्न आयोजना गरियो प्रतियोगिताBizmandu