Skip to main content
राजनीतिThaha Khabar

११ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ

Read the full story at Thaha Khabar

११ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो। छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ।

तिहारअघिको कारोबार दिन ९कात्तिक २२ गते० सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ।

तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । तिहार बिदामा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।