ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते
Read the full story at Onlinekhabar (Nepali)

धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । २० कात्तिक, धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं.
१–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । उक्त दुर्घटनामा विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत ठोक्किएको थियो । दुर्घटनामा को १० प ९६८ नम्बरको मोटरसाइकलमा सवार धनकुटा नगरपालिका-१ निगालेकी करिब ५१ वर्षीया ठोमादेवी ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलका चालक धनकुटा नगरपालिका-३ निगाले निवासी करिब ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन् ।
उनलाई उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । त्यस्तै, को ३८ प ३०६८ नम्बरको मोटरसाइकल चालक मोरङको विराटनगर महानगरपालिका-१ का २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन् ।
More society
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- आज धनतेरस पर्व मनाइँदैNepal Khabar
- Raptadu school attack leaves parents in state of panicThe Hindu
- Woman files habeas corpus in Bombay High Court seeking custody of her daughtersThe Hindu
- 'Putting his doubters in their place' - Rooney lands pundit of year awardBBC
- Key federal panel approves Trump’s arch while it is being challenged in courtThe Hindu