राजनीतिOnlinekhabar (Nepali)
दर्शक भेट्न हल पुगेका हरिवंशले के भने ?
Read the full story at Onlinekhabar (Nepali)

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ ले राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शक भेट्न र प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले फिल्म मन पराइरहेको दावी गरेका छन् ।
‘सिनेमा हेर्न आउनु भएका दर्शकले फिल्म राम्रो लागेको बताउनु भएको छ । हेर्नेजति दर्शकले मनपरेको बताउनुभएको छ’ हरिवंशले भने, ‘फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने फिल्म भन्नुभएको छ । ’ सुरुमा सिनेमाको विषयमा आएको विवादबारे उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको प्रस्ट पारे ।
फिल्म रिलिज भएपछि यो प्रमाणित भएको उनको भनाइ छ । बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post