Skip to main content
समाजOnlinekhabar (Nepali)

हरिवंश आचार्य : हास्य कलाकारिताको एउटा युग

Read the full story at Onlinekhabar (Nepali)

हरिवंश आचार्य : हास्य कलाकारिताको एउटा युग

हरिवंश आचार्य, जसलाई तपाईंले अनेक रूपमा देख्नुभयो । कहिले छट्टु वनपाले देख्नुभयो, कहिले भोलाभाला तल्सिङ । कहिले विद्रोही युवा देख्नुभयो, कहिले संस्कारी बाजे । उनले अनेक जीवन बाँचे । अभिनयको आलोकमा उभिएर समाजलाई किस्ता किस्तामा खुसीको उपहार दिइरहे । रेडियो नेपालबाट सुरु भएको उनको कलाकारिता यात्रा अन्ततः हास्य कलाकारितामा समाहित हुन पुग्छ ।

त्यहीँ भेटिन्छन्, मदनकृष्ण श्रेष्ठ । अनि थालनी हुन्छ एउटा गहकिलो सहयात्राको । यी दुवैले मह जोडीका रूपमा हास्य कलाकारितालाई एउटा उचाइमा पुर्‍याउँछन् । उनीहरू पर्दामा आउँदा दर्शकले केवल मनोरञ्जन खोजेनन्, आफ्नै समाज, आफ्नै परिवार र आफ्नै जीवनका कथा भेटे । उनीहरूका प्रस्तुतिमा हाँसो हुन्थ्यो, व्यङ्ग्य हुन्थ्यो, सामाजिक चेतना हुन्थ्यो र मानिसलाई मानिसकै रूपमा बुझ्ने सुन्दर सन्देश हुन्थ्यो । उनको कलाकारिता यात्रा २०३१ सालमा रेडियो नेपालबाट सुरु भएको हो ।

त्यतिबेला रेडियो नेपाल नै देशको प्रमुख प्रसारण माध्यम थियो । उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग रेडियोमा प्रस्तुति दिने अवसर पाए । त्यसपछि २०३२ सालमा राष्ट्रिय नाचघरमा आबद्ध भए । २०३४ सालको गाईजात्रा महोत्सवमा सहभागी भएपछि उनको कलाकारिताले थप चर्चा पाउन थाल्यो । तर त्यो सफलतासम्म पुग्नुअघि उनले करिब छ वर्ष एक्लै संघर्ष गरेका थिए । हरिवंशको नामसँग जोडिएर आउने अर्को नाम हो, मदनकृष्ण श्रेष्ठ ।