सेयर बजारमा साइबर आक्रमणपछि सेबोनको नयाँ नीति, अब २४ घण्टा निगरानीदेखि वार्षिक परीक्षणसम्म
Read the full story at Setopati

केही साता अघि साइबर आक्रमणका कारण ७२ वटा ब्रोकर कम्पनीको कारोबार प्रणाली प्रभावित भयो। त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक दिन सेयर कारोबार नै रोक्नुपर्यो। बोर्डका अनुसार नेपालको पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित प्रयोग बढाउन, प्रविधिजन्य जोखिम घटाउन र नियामकीय क्षमता सुदृढ गर्न नयाँ नीति ल्याइएको हो।
यसले धितोपत्र तथा वस्तु विनिमय बजारको कामलाई प्रविधिमैत्री, प्रभावकारी र जवाफदेही बनाउने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ। नयाँ नीतिले बजारसँग सम्बन्धित निकायलाई उनीहरूको काम र जिम्मेवारीअनुसार तीन तहमा वर्गीकरण गरी फरकफरक सुरक्षा मापदण्ड लागू गर्ने व्यवस्था गरेको छ। दोस्रो तहमा धितोपत्र दलाल, धितोपत्र व्यापारी र मर्चेन्ट बैंकर रहनेछन्।
तेस्रो तहमा क्रेडिट रेटिङ एजेन्सी र सेयर रजिस्ट्रार रहनेछन्। आफ्नै केन्द्र स्थापना गर्न नसके मान्यता प्राप्त सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टा साइबर जोखिमको निगरानी गर्नुपर्नेछ। 'बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन केन्द्र (एसओसी) स्थापना गरी वा मान्यता प्राप्त प्रबन्धित सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टे साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्ने' सेबोनको विज्ञप्तिमा भनिएको छ।
More tech
- French blood banks hacked in latest cyber-attack on EuropeThe Guardian
- Mumbai Police arrest three in Nagpur cyber fraud racket, establish links to 73 cases across IndiaThe Hindu
- Children spending too long on maths app TT Rockstars, MP warnsBBC
- South Korea pushes digital detox for young people addicted to screensFrance 24
- Education chief dismisses push for final-year university internships amid AI threatSouth China Morning Post
- Oil Corporation nears completion of ERP system, plans data centre and AI integrationOnlinekhabar English