Skip to main content
समाजOnlinekhabar (Nepali)

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

Read the full story at Onlinekhabar (Nepali)

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन फेला पारेको थियो ।

नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन् ।