Skip to main content
वातावरणNagarik News

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

Read the full story at Nagarik News

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

जलवायु परिवर्तनको बढ्दो असरबाट हिमाली क्षेत्रलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायले तत्काल ठोस कदम चाल्नुपर्ने आवाज नेपालले उठाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्। टर्कीको अन्ताल्यामा बिहीबार आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले हिमाली क्षेत्रमा देखिएको वातावरणीय संकट कुनै एक देशको समस्या नभई समग्र मानव सभ्यतासँग जोडिएको विषय भएको धारणा राखे।

नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा हिमनदी, हिउँले ढाकिएका क्षेत्र तथा जलवायु परिवर्तनसँग जुध्न आवश्यक रणनीतिबारे छलफल गरिएको थियो। खनालले हजारौँ वर्ष लगाएर निर्माण भएका हिमाल र हिमनदी मानवीय गतिविधिबाट तीव्र रूपमा प्रभावित भइरहेको उल्लेख गरे। उनका अनुसार हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धि र हिउँ पग्लिने क्रमले नदी प्रणालीदेखि कृषि, ऊर्जा, जैविक विविधता र जल सुरक्षासम्म गम्भीर असर पारिरहेको छ।

विश्वको करिब २७ प्रतिशत भूभाग समेट्ने हिमाली क्षेत्रको महत्व सीमित भौगोलिक क्षेत्रभन्दा धेरै व्यापक रहेको उनको भनाइ थियो। हिमाली क्षेत्रमा हुने प्राकृतिक परिवर्तनको प्रभाव राष्ट्रिय सीमाभन्दा बाहिरसम्म पुग्ने उनले स्पष्ट पारे।