Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

अस्ट्रेलियामा नेपाली युवाले बनाए ‘थोप्ला’, खाडीमा लोकप्रिय

Read the full story at Onlinekhabar (Nepali)

अस्ट्रेलियामा नेपाली युवाले बनाए ‘थोप्ला’, खाडीमा लोकप्रिय

२३ कात्तिक, क्यानबेरा । विदेशमा रहेका नेपालीलाई आफ्नै देशको प्रविधिमार्फत जोड्ने उद्देश्यले अस्ट्रेलियामा रहेका एक नेपाली युवाले विकास गरेको सामाजिक सञ्जाल एप ‘ थोप्ला ’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्दै आएका चितवन, भरतपुरका उज्ज्वल खनालले निर्माण गरेको यो एपको नयाँ संस्करण सञ्चालनमा आएको पाँच महिनामै करिब २० हजार प्रयोगकर्ता जोडिएका छन्।

अनलाइनखबरसँगको कुराकानीमा खनालले ‘थोप्ला’लाई केवल अर्को एउटा सामाजिक सञ्जालका रूपमा मात्र नभई विश्वभरका नेपालीलाई जोड्ने र उनीहरूको सिर्जनालाई आम्दानीमा रूपान्तरण गर्ने ‘डिजिटल प्लेटफर्म’का रूपमा विकास गर्न चाहेको बताए। विशेषगरी खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूमाझ ‘थोप्ला’को प्रयोग अत्यधिक बढेको खनालले बताए। कतिपय खाडी मुलुकमा फेसबुक मेसेन्जर र ह्वाट्सएपजस्ता सञ्चारमाध्यम प्रयोग गर्न कठिनाइ वा प्रतिबन्ध रहेका कारण यो एप परिवार र आफन्तसँग सम्पर्क गर्ने भरपर्दो वैकल्पिक माध्यम बनेको उनको बुझाइ छ।

विकासकर्ता खनालका अनुसार हालसम्म जोडिएका प्रयोगकर्तामध्ये खाडी क्षेत्रका मात्रै करिब १५ हजार नेपालीले एप डाउनलोड गरिसकेका छन्। ‘खाडीका केही मुलुकमा मेसेन्जर र ह्वाट्सएप सजिलै चल्दैनन्। त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीले थोप्लाबाट परिवारसँग कुरा गर्न एकदमै सहज भएको प्रतिक्रिया दिनुभएको छ,’ उनले भने।