Skip to main content
विश्वOnlinekhabar (Nepali)

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

Read the full story at Onlinekhabar (Nepali)

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । वार्ताको पूर्वसन्ध्यामा अमेरिकी अधिकारीहरूले युक्रेनको पूर्वी भूभाग डोनेत्स्क क्षेत्रको नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा रुस र युक्रेन दुवैले लचकता देखाएको दाबी गरेका छन् । अहिलेसम्म युद्ध अन्त्यका लागि दुवै पक्षबीचको मुख्य असहमति डोनेत्स्क क्षेत्रलाई लिएर छ ।

रुसले आफ्नो कब्जामा आउन बाँकी डोनेत्स्क क्षेत्रका भूभागहरू युक्रेनले छाड्नुपर्ने अडान राख्ने गरेको छ भने, युक्रेनले आफ्नो भविष्यको सुरक्षाका लागि ती क्षेत्रहरू अत्यावश्यक रहेको भन्दै त्यसलाई ‘कन्ट्याक्ट लाइन’का रूपमा रोकेर राख्ने अडान लिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार डोनेत्स्क र क्षेत्रीय विवादको समाधान युद्धपछिको नयाँ ‘सेक्युरिटी आर्किटेक्चर’ स्पष्ट नभएसम्म असम्भव छ । युक्रेनका लागि यो सुरक्षा ढाँचामा भविष्यमा आक्रमण भएमा मित्रराष्ट्रहरूले रक्षा गर्ने ग्यारेन्टी समावेश हुनसक्छ ।

अबुधावीको वार्तामा ट्रम्पका ज्वाइँ ज्यारेड कुसनर र अमेरिकी शान्ति दूत स्टिभ विटकफको नेतृत्वमा अमेरिकी टोली वार्तामा सहभागी हुँदैछ । युरोपेली संघ र नेटोसम्बद्ध देशहरूलाई यो वार्ता प्रक्रियाबाट बाहिर राखिएकामा युरोपभर चिन्ता व्यक्त गरिएको छ ।