सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Read the full story at Ratopati

काठमाडौँ । तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ । तिहारअघिको कारोबार दिन (कात्तिक २२ गते) सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, प्रति १० ग्राम सुनको मूल्यमा पनि ९ हजार ६८५ रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक २२ गते १० ग्राम सुन २ लाख ४२ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँमा झरेको महासंघले जनाएको छ । तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा गिरावटको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post