Skip to main content
खेलकुदThaha Khabar2 outlets covering

परराष्ट्रमन्त्रीको टोली पुग्यो टर्कीएको आन्ताल्या

Read the full story at Thaha Khabar

परराष्ट्रमन्त्रीको टोली पुग्यो टर्कीएको आन्ताल्या

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएन.एफ.सिसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन्। भोलि नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले भोलि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उहाँले नोभेम्बर ११ र १२ अर्थात कात्तिक २५ र २६ गते आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।