पन्टुन ब्रिज : धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो
Read the full story at Onlinekhabar (Nepali)

प्रयोगविहीन पुल क्षमता केही कम भए पनि प्रयोग गर्न योग्य रहेको प्राविधिकले बताएपछि धादिङमा जडान गर्ने निर्णय गरिएको हो । पन्टुन राजापुर सिँचाइ व्यवस्थापन कार्यालय मातहत थियो । २२ कात्तिक, काठमाडौं । धादिङ सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्न धादिङका सबै स्थानीय तहको संयुक्त पहलमा पन्टुन ब्रिज (पानीमा तैरिने पुल) जडान सुरु गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार जिल्लाका १३ वटै स्थानीय तहको लागत साझेदारीमा तत्कालका लागि यातायात सुरु गर्ने गरी यस्तो पुल जडान गर्न लागिएको छ ।
पन्टुन ब्रिज अस्थायी प्रबन्ध हो । जुन पानीको बहाब कम भएको हिँउदयाममा मात्र सञ्चालनयोग्य हुन्छ । यहाँ पन्टुन पुल जडानका लागि आवश्यक ड्रम र संरचना भने बर्दिया राजापुरबाट धादिङ पुर्याइएको छ । राजापुरको पन्टुनमा कुल ३३ वटा ड्रम रहेकोमा तीन ड्रम यसअघि नै बाढीले बगाएको बताइएको छ । धादिङमा भने २४ ड्रम ल्याइएको छ ।
प्राविधिकले गरेको जाँचपासले उक्त संख्यामा ड्रम जोड्दा नदी वारपार हुने बताएपछि सोही संख्यामा पुल पार्टहरू ढुवानी गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिए । उनका अनुसार एक कन्टेनरमा दुइटा पार्टमात्र ढुवानी गर्न सम्भव भएको छ । सोही अनुसार रकम भुक्तानी गरी पुल संरचना धादिङ ल्याइएको उनले जानकारी दिए । यो पन्टुनले बर्दिया राजापुरमा ठूलो सेवा दिएको थियो ।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post