Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

Read the full story at Onlinekhabar (Nepali)

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए ।

उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किमी लम्बाई रहेको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किमी तटबन्ध निर्माण भएको हो । गएको आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किमी तटबन्ध निर्माण भई १६८ हेक्टर जमिन उकास भएको छ । पश्चिम राप्ती नदी किनारमा पर्ने गढवा–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ तथा गढवा–३ उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ बराबरको आपत्कालीन नदी नियन्त्रण सम्पन्न भइसकेको छ ।

प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा समेत करोडौँका तटबन्ध ठेक्काहरू सम्पन्न भइसकेका छन् । हाल पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा रु एक अर्ब २२ करोड १० लाख ५१ हजार बराबरको ठेक्का सम्पन्न भइसकेको छ । लमही–५ सोनारपुर खण्डमा रु १० करोड ११ लाख ६६ हजार ९६४ को ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ, भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा ५ करोड ३२ लाख ३८ हजारको ठेक्कामा ४८.७० प्रतिशत प्रगति भएको छ ।