Skip to main content
राजनीतिNagarik News

नेपाल संवत् : तीन वर्षारम्भ र कालगणनाको रोचक इतिहास

Read the full story at Nagarik News

नेपाल संवत् : तीन वर्षारम्भ र कालगणनाको रोचक इतिहास

आज कार्तिक शुक्ल प्रतिपदा। नेपाल संवत् ११४७ को शुभारम्भ। काठमाडौं उपत्यकामा म्हपूजा, गोरुपूजा र गोवर्धनपूजासँगै नयाँ वर्ष मनाइँदै छ। हामी वैशाख १ गते पनि नयाँ वर्ष मनाउँछौँ। चैत्र शुक्ल प्रतिपदालाई समेत धार्मिक तथा ज्योतिषीय परम्परामा संवत्सरारम्भ मानिन्छ। एउटै देशमा तीन प्रकारका वर्षारम्भ किन?

यसको उत्तर खोज्दा वैदिक साहित्य, प्राचीन नेपाली अभिलेख र विश्वका अन्य सभ्यताको इतिहाससम्म पुग्नुपर्छ। ‘संवत्’ ले कुनै निश्चित कालबिन्दुबाट लगातार गनिने वर्षसमूह जनाउन सक्छ भने ‘संवत्सर’ सामान्यतः वर्ष वा वार्षिक कालचक्र हो। पूर्वीय ज्योतिषपरम्परामा सौर, चान्द्र, चान्द्रसौर र बृहस्पत्य वर्षका अवधारणा पाइन्छन्। साठी संवत्सरको नामचक्र पनि प्रचलित छ। नेपालमा चैत्र शुक्ल प्रतिपदालाई कतिपय धार्मिक परम्परामा संवत्सरारम्भ, वैशाख १ को मेषसङ्क्रान्तिलाई नागरिक सौर वर्षारम्भ र कार्तिक शुक्ल प्रतिपदालाई नेपाल संवत्को वर्षारम्भ मानिन्छ। विक्रम संवत्को नागरिक वर्ष वैशाख १ बाट सुरु हुन्छ; आर्थिक वर्ष भने साउन १ बाट।

चाडपर्व, व्रत र अनुष्ठानमा तिथि, नक्षत्रलगायत पञ्चाङ्गीय अङ्गको महत्त्व रहन्छ। वासन्तिक नवरात्र चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुनु यसको परिचित उदाहरण हो। तैत्तिरीय संहिता ४। ४।