राजनीतिक पुनर्जागरण र राष्ट्रिय चेतना
Read the full story at Nagarik News

आजको विश्व राजनीति एउटा गम्भीर वैचारिक संक्रमणबाट गुज्रिरहेको छ। विज्ञान र प्रविधिले मानव जीवनलाई अभूतपूर्व गति दिएको छ। अर्थतन्त्रले नयाँ सम्भावनाका ढोका खोलेको छ र लोकतन्त्रले नागरिकलाई आफ्नो भविष्य निर्माण गर्ने अधिकार प्रदान गरेको छ। यति धेरै भौतिक प्रगतिकाबिच पनि संसारले नैतिक नेतृत्व, सामाजिक न्याय, मानवीय संवेदना र आत्मिक शान्तिको खोजी गरिरहेको छ। शक्ति बढेको छ तर विश्वास कमजोर हुँदै गएको छ।
सूचना बढेको छ तर विवेकको अभाव देखिएको छ। राजनीतिक प्रतिस्पर्धा तीव्र भएको छ तर जनसेवाको मूल उद्देश्य कतिपय अवस्थामा ओझेलमा परेको छ। यही विश्वव्यापी परिस्थितिमा नेपालको राजनीतिक पुनर्जागरणलाई सरकार परिवर्तन, नेतृत्व परिवर्तन वा निर्वाचनको परिणामका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। अब राजनीतिक चेतनाको पुनर्जन्म, सार्वजनिक जीवनको नैतिक शुद्धीकरण र राष्ट्र निर्माणलाई आध्यात्मिक मूल्यसँग जोड्ने नयाँ दृष्टिकोण आवश्यक छ। राजनीति राज्यसत्ता प्राप्त गर्ने प्रतिस्पर्धा होइन बरु यो त समाजको सामूहिक विवेकलाई संस्थागत गर्ने जिम्मेवारी हो।
राजनीति स्वार्थको साधन बनेपछि राज्य कमजोर हुन्छ। सेवा, सत्य र न्यायको माध्यम बन्यो भने राष्ट्र बलियो हुन्छ। नेपाली कांग्रेसको इतिहास हेर्दा लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि गरिएको संघर्ष यसको मूल पहिचानका रूपमा देखिन्छ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post