‘बाजेको पालाको मुद्दा नातिको पालासम्म पनि फैसला नहुँदा न्यायालयप्रतिको विश्वास घट्यो’
Read the full story at Thaha Khabar

काठमाडौँ : नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले ‘बाजेको पालाको मुद्दा नातिको पालासम्म पनि फैसला नहुँदा न्यायालयप्रतिको विश्वास कमजोर भएको बताएका छन्। शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित गोकर्ण डाँगीसँग प्रश्न गर्दै उनले यस्तो बताएका हुन्। उनले ’सर्वोच्च अदालतका फैसलाको भाषा र व्याख्या सर्वसाधारणले बुझ्न नसक्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्।
उनले न्यायालयका फैसला सामान्य नागरिकले समेत सहजै बुझ्ने गरी लेखिनुपर्ने बताएका हुन्। ढुंगानाले एउटा मुद्दामा जिल्ला अदालतले चारजनालाई कैद सजाय सुनाएको र पुनरावेदन अदालतले दुईजनाको सजाय १८ महिनामा घटाएको अवस्थामा सर्वोच्च अदालतले ‘उल्टी’ भन्ने फैसला मात्रै गरेको उदाहरण प्रस्तुत गरे। सर्वोच्चको फैसलामा ‘उल्टी’ भन्नुको अर्थ जिल्ला अदालतको फैसला उल्टिएको हो वा पुनरावेदन अदालतको फैसला उल्टिएको हो भन्ने स्पष्ट नहुँदा पीडित अन्योलमा परेको उनले बताए।
उनले फैसला सुनाउनु मात्रै न्याय नभएको भन्दै त्यसको पूर्णपाठ पनि समयमै तयार हुनुपर्ने बताए। फैसला गरिसकेपछि कति दिनभित्र पूर्णपाठ तयार गर्नुपर्छ भन्ने स्पष्ट व्यवस्था र आचारसंहिता बनाउनुपर्ने उनको माग छ। ढुंगानाले न्यायपालिकामा वर्षौँसम्म मुद्दा टुङ्गो नलाग्ने अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे।
More world
- Russia says it hit targets in and around Kyiv in massive overnight strikeKathmandu Post
- इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबीNepal Khabar
- भोटेकोसीमा हराएका ३२ जिल्लाका २ हजार २९४ जनाको सूची सार्वजनिकNepal Khabar
- France braces for new round of student and Yellow Vest protestsDW
- शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमणThaha Khabar
- NZL vs IND second ODI: India beat New Zealand via DLS after rain-hit pace battleThe Hindu