Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

Read the full story at Onlinekhabar (Nepali)

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ प्रतिशतसम्म बढेको छ । विगत एक महिनामा मूल्य धेरै बढ्नेमा ८ वटा हाइड्रोपावर समूहका कम्पनी मात्रै छन् ।

एउटा माइक्रोलाइफ इन्स्योरेन्स र एउटा मात्रै वाणिज्य बैंक परेको छ । खासगरी जलविद्युत् कम्पनीहरूको पहिलो त्रैमासिक वित्तीय विवरण राम्रो आउने अपेक्षा लगानीकर्ताको छ । कात्तिक मसान्तभित्र यी कम्पनीले आफ्नो पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दछन् । बैंकहरूको ब्याजदर घटिरहेको र न्यून विन्दुमा आएका कारण जलविद्युत् कम्पनीहरूको ब्याज (वित्तीय) खर्च कम हुन गई नाफामा सिधा प्रभाव पार्नेछ । यहीं कारण आयोजनाको निर्माण सम्पन्न भई व्यवसायिक आम्दानी गरिरहेका जलविद्युत् कम्पनीको मूल्यमा प्रभाव देखिएको छ ।

विगत एक महिनामा मूल्य धेरै बढेका १० कम्पनीको वृद्धिदर ११.७३ प्रतिशतदेखि १५.९४ प्रतिशतसम्म रह्यो । घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५.९४ प्रतिशत बढेको छ । सबैभन्दा न्यून चुक्ता पूँजी रहेको जलविद्युत् कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य एक महिनामा ११.७३ प्रतिशत बढेको छ ।