कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ विषयमा समझदारी
Read the full story at Setopati

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव स्वीकृत भएन। यसका लागि स्थानीय समय अनुसार सोमबार बिहान २ बजेसम्म वार्ता चलेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार नेपाल र भुटानबाहेक किर्गिस्तानले पनि हिमाली मुद्दामा छुट्टै एजेन्डा प्रस्ताव गरेको थियो। वार्ता क्रममा किर्गिस्तान आफ्नो प्रस्तावलाई नेपाल र भुटानको प्रस्तावसँग मिलाएर अघि बढाउन सहमत भयो।
'आज बिहान २ बजेसम्म वार्ता चल्यो। त्यसपछि समझदारी भएको हो,' वार्तामा सहभागी ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सेतोपाटीसँग भने, 'सम्मेलन अध्यक्षले कोपभरि हामीसँग छलफल जारी राख्नु हुनेछ। हामीले आफ्ना प्रस्तावका केही विषयमा सकारात्मक परिणाम हासिल गर्ने अपेक्षा गरेका छौं। ' जलवायु परिवर्तनसम्बन्धी समाचार तथा अनुसन्धान संस्था 'कार्बन ब्रिफ' ले पनि सोमबार सम्मेलनको कार्यसूची स्वीकृत हुँदा हिमाली विषयसँग सम्बन्धित दुईवटा प्रस्ताव छुट्टै एजेन्डाका रूपमा स्वीकार नभएको जनाएको छ।
कार्बन ब्रिफका अनुसार, सम्मेलन अध्यक्ष मुरात कुरूमले हिमाली मुद्दामा थप परामर्श गर्नेछन्। सन् २०२७ र २०२८ मा जर्मनीको बोनमा हिमाली क्षेत्र तथा जलवायु परिवर्तनबारे संवाद गर्ने विषय पनि अघि बढेको छ।
More world
- Mass Killing in Poland Becomes Cause for a Political FightThe New York Times
- Man Utd yet to make decision on Carrick's futureBBC
- Unions dismiss France's 24-euro minimum wage increaseTimes of India
- La France accuse l’Iran d’être à l’origine des cyberattaques visant les supermarchésPolitico Europe
- Why Manaveeyam Veedhi is at the centre of a political battle between BJP, CPI(M) in Keralam capitalThe Hindu
- L&T bags ₹1,000 - ₹2,500 crore order from Noida Metro Rail Corporation for Aqua Line extensionThe Hindu