एनभिडियामा बलियो पकड भएका जेन्सेन हुआङ हटाउनै मुस्किल
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि एक चिनियाँ महिलासँगको अफेयरलाई लिएर छानबिन सुरु भएको छ। ती महिलाले चीनका लागि जासुसी गरिरहेको अमेरिकी गुप्तचर एजेन्सीहरूको आशङ्का छ। हुआङले श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै माफीसमेत मागिसकेका छन्। यस प्रकरणमा एनभिडियाको सञ्चालक समिति सामु एउटा ठूलो चुनौती खडा भएको छ।
कम्पनीका अधिकांश ठूला निर्णयहरू हुआङ आफैँले लिन्छन् र ६० भन्दा बढी उच्च अधिकारीहरूले सिधै उनलाई रिपोर्ट गर्छन्। हाल कम्पनीमा उनको ठाउँ लिन सक्ने अर्को कुनै ठूलो अधिकारी छैन। यस्तो अवस्थामा यदि बोर्डले उनलाई हटाउने निर्णय गर्यो भने एनभिडियाको नेतृत्व कसलाई सुम्पिने भन्ने सबैभन्दा ठूलो प्रश्न उठ्नेछ। जेन्सेन हुआङले सन् १९९३ मा एनभिडियाको स्थापना गरेका थिए। सुरुवाती चरणमा कम्पनीले भिडियो गेमका लागि ग्राफिक्स प्रोसेसिङ युनिट अर्थात् जीपीयू चिप बनाउँथ्यो, जसको प्रयोग गेममा उत्कृष्ट ग्राफिक्स देखाउनका लागि गरिन्थ्यो।
सन् २००६ मा हुआङले एउटा ठूलो निर्णय लिए। भविष्यमा यी चिप्सको प्रयोग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकास गर्नमा पनि हुन सक्छ भन्ने कुरा उनले पहिल्यै बुझिसकेका थिए। त्यसपछि उनले एआईका लागि विशेष चिप र सफ्टवेयर बनाउन अर्बौं डलर लगानी गरे। उनको यो दाउ सही साबित भयो।
More politics
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar