Skip to main content
खेलकुदBizmandu

एनपीएल : जनकपुरले टस जित्यो, ब्याटिङमा लुम्बिनी, दुबै टोलीको प्लेइङ ११मा परिवर्तन

Read the full story at Bizmandu

काठमाडौं। जनकपुरले बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। लुम्बिनी जारी लिगको एकमात्रै अपराजित टोली हो। उसले सुदूरपश्चिम र पोखरालाई हराउँदा वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो।

यो टोलीमा कप्तान रोहित पौडेल उच्च लयमा छन् भने आशिफ शेख, सन्दीप जोराजस्ता ब्याटर साथमा छन्। विदेशी खेलाडी पनि एनपीएल मज्जाले बुझेका खेलाडी छन्। डार्सी सर्ट, रुबेन ट्रम्पलमेनजस्ता खेलाडी कुनै पनि बेला खेलको मोमेन्टम फेर्न सक्छन्। अर्कोतर्फ हरमीतसिंहको कप्तानीमा जनकपुरको टिम निकै प्रभावशाली छ। मोइन अली, जिम्मी निशमजस्ता अनुभवी खेलाडीका साथमा ललित राजवंशी, राहुल यादवजस्ता नेपाली खेलाडीले राम्रो गरिरहेका छन्।

धेरै अलराउण्डर हुँदा भने जनकपुरको प्रोपर ब्याटिङमा भने समस्या देखिन्छ। प्लेइङ ११ मा लुम्बिनीले अभिषेश गौतमको स्थानमा दीलिप नाथलाई स्थान दिएको छ। त्यस्तै, जनकपुरले मोइल अलीको स्थानमा परभेज हुसैनलाई खेलाएको छ। त्यस्तै, आदित्य महता टिममा पर्दा अमरसिंह रौटेला बाहिरिएका छन्।