चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने बताएका छन्।
ट्रम्पको बदलिँदो अभिव्यक्तिका बीच अमेरिकामा दक्षिण एसियाली मूलका आप्रवासीमाथि जातीय तथा धार्मिक घृणा बढिरहेको तथ्य सार्वजनिक भएको छ। नोभेम्बर ७ मा सिएटलमा आयोजित दीपावली कार्यक्रममा दक्षिण एसियाली र कुनै धार्मिक समुदायलाई लक्षित गर्दै देशनिकालाको मागसहितका नाराबाजी र प्रदर्शन भयो। त्यस घटनाले आप्रवासनसम्बन्धी राजनीतिक बहस अब कानुनी हैसियतको प्रश्नमा मात्रै सीमित नरही जातीय तथा धार्मिक पहिचानसँग पनि जोडिन थालेको देखाएको छ।
अमेरिकाको मध्यावधि निर्वाचनमा आप्रवासन नीति रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये एक बनेको विश्लेषण भइरहेको छ। निर्वाचनपछि प्रसारित सीबीएसको कार्यक्रम ‘६० मिनेट्स’ मा ट्रम्पले आफ्नो प्रशासनको देशनिकाला नीति मतदाताका लागि धेरै कडा भएको स्वीकार गरेका थिए। तर सोमबार उनले आममाफी नदिने र आफ्नो नीति नबदलिएको बताएका छन्।
More politics
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar