रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, काठमाडौं । रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए।
अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ मेट्रोले संयुक्त रूपमा रोटरी भवन–थापाथलीमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यसैगरी, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल र रोटरी क्लब अफ पशुपतिको संयुक्त आयोजनामा प्राइम सीए कलेज, नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले अभियानलाई सामूहिक मानवीय सेवाको अभियानका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ । डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकतामा रहेका व्यक्तिको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post