प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
Read the full story at Onlinekhabar (Nepali)

ई.मास ५ ले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक-पिपल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । २७ कात्तिक, काठमाडौं । प्रोटोन ‘ई.मास ५’ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
ई.मास ५ ले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक-पिपल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार-एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञमाझ प्रोटोन ई.मास ५ को बढ्दो लोकप्रियता र आकर्षण थप पुष्टि गरेको छ । यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यता प्रतिविम्बित गर्छन् ।
पिपल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ । यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधा सहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धता थप बलियो बनाएको छ ।
More world
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- SP leader Azam Khan sent to four-day ED custody in money-laundering caseThe Hindu
- How a bad impression put a celebrated 2,000-year-old Han cliff inscription at riskSouth China Morning Post
- Bus hits vehicles at Sheel Phata; 12 persons sustain injuriesThe Hindu
- Attack on CRPF post: Several suspects picked up for questioningThe Hindu