Skip to main content
राजनीतिRatopati

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

Read the full story at Ratopati

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

काठमाडौँ । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले गान्धी–मण्डेला फाउन्डेसन (GMF) को नेपाल च्याप्टर औपचारिक रूपमा सुरु भएको छ। फाउन्डेसनले नेपाललाई विश्व शान्ति, सद्भाव र मानवीय सहकार्यको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ। फाउन्डेसनका उपाध्यक्ष तथा प्रेस तथा सञ्चार संयोजक गणेश केसीका अनुसार नेपाल च्याप्टरले गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको शान्ति, अहिंसा, समानता र मानवताको दर्शनलाई नेपालसँग जोडेर अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नेछ।

“नेपाल गौतम बुद्धको जन्मभूमि हो। बुद्धको शान्ति र करुणाको सन्देश विश्वभर फैलिएको छ। त्यसलाई गान्धी र मण्डेलाको अहिंसा, समानता तथा मेलमिलापको दर्शनसँग जोडेर नयाँ पुस्तामाझ पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो,” केसीले भने। गौतम बुद्धले शान्ति र करुणाको बाटो देखाएका थिए भने महात्मा गान्धीले सत्य र अहिंसालाई सामाजिक तथा राजनीतिक परिवर्तनको माध्यम बनाए।

नेल्सन मण्डेलाले समानता, स्वतन्त्रता र मेलमिलापका लागि लामो संघर्ष गरे। फाउन्डेसनका अनुसार वर्तमान विश्वमा बढिरहेको द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबीच शान्ति, सहिष्णुता र मानवताको सन्देश अझ सान्दर्भिक बनेको छ।