Skip to main content
अर्थतन्त्रBizmandu

आइसीएफसी फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त, ४ वर्ष नेतृत्व सम्हाल्ने

Read the full story at Bizmandu

काठमाडौं। आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीइओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन्। फाइनान्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई शुक्रबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ। उनी यसअघि कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर एमबीए गरेका छन्।

The post आइसीएफसी फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त, ४ वर्ष नेतृत्व सम्हाल्ने appeared first on BIZMANDU .