खेलकुदOnlinekhabar (Nepali)
नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय सुजित शर्मा समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
More sports
- Cristiano Ronaldo retires from international footballBBC
- २३ वर्ष, १४६ गोल र दर्जनौ कीर्तिमान : रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासSetopati
- पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासBizmandu
- Champions League: Lens suffer historic 9-1 defeat against ComoFrance 24
- Nepal U-19 women’s cricket team records second win in ChinaOnlinekhabar English
- Champions League: Liverpool suffer 3-2 loss at Fenerbahce, Como thump LensAl Jazeera