जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदन, अव्यवस्थित बसोबासी ४१ हजार
Read the full story at Bizmandu
झापा। भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ। समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ २ हजार ८९६ परिवार, भूमिहीन सुकुमवासीतर्फ १५ हजार ७८३ परिवार र सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको आवेदन परेको छ।
यसबाहेक अघिल्ला आयोगबाट कार्य अधुरो र अपुरो रहेका आवेदक परिवारको सङ्ख्या ५ हजार २९६ रहेको समितिले जनाएको छ। जग्गा व्यवस्थापनका लागि राजस्वको दरसमेत परिमार्जन गरिएको पोखरेलले बताए। नयाँ व्यवस्थाअनुसार आवास प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनका लागि ७ प्रतिशत राजस्व दर कायम गरिएको छ।
हाल भूमि समस्या समाधान समिति झापाले सर्वसाधारणको जग्गासम्बन्धी समस्या यथाशीघ्र समाधान गर्ने लक्ष्यका साथ समितिमा कार्यरत कर्मचारी तथा पदाधिकारी अहोरात्र कार्यसम्पादनमा खटिरहेको उनले जानकारी दिए। यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार र मंगलबार जिल्लास्थित विभिन्न पालिकामा रहेका सुकुमवासी परिवारलाई भेटेर वर्तमान सरकारले सुकुमवासी समस्या सधैँका लागि समाधान गर्दै जग्गाको धनीपुर्जा वितरणको तयारी गरिरहेको जानकारी दिएकी थिइन्।
More business
- बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउNepal Khabar
- अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकासNepal Khabar
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलामा १३,३०० रुपैयाँले बढ्योDC Nepal
- राष्ट्र बैंकले सुरू गर्यो सुनको असर्फी बिक्री, एक सिक्काको मूल्य कति?Setopati