तिहार र छठमा इन्धन आपूर्ति सहज बनाउन निगमका १३ कार्यालय तथा डिपो खुला रहने
Read the full story at Bizmandu
काठमाडौं। नेपाल आयल निगमले तिहार, नेपाल संवत् र छठ पर्वमा पनि पेट्रोलियम पदार्थको बिक्री सहज बनाउन विभिन्न कार्यालय तथा डिपोहरू खुला राख्ने भएको छ। निगमले स्थानीय आवश्यकताका आधारमा देशभरका १३ कार्यालय तथा डिपो खुला रहने मिति सार्वजनिक गरेको हो। निगमले कात्तिक २३ र २६ गते विराटनगर तथा धनगढीस्थित प्रादेशिक कार्यालय खुला राख्ने जनाएको छ।
अमलेखगञ्ज, थानकोट र वीरगंजस्थित कार्यालय कात्तिक २१, २३ र २६ गते खुला रहनेछन्। पोखरास्थित कार्यालय कात्तिक २२ र २३ गते खुला रहनेछ भने सुर्खेतस्थित कार्यालय कात्तिक २०, २२, २४ र २६ गते संचालन हुनेछ। नेपालगञ्ज र दाङस्थित इन्धन डिपो कात्तिक २३ गते खुला रहने निगमले जनाएको छ। जनकपुरस्थित इन्धन डिपो कात्तिक २३ र २६ गते खुला रहनेछ।
झापाको चारआलीस्थित शाखा कार्यालय कात्तिक २१ र २६ गते तथा भैरहवास्थित प्रादेशिक कार्यालय कात्तिक २१, २२ र २६ गते खुला रहनेछ। त्यस्तै, दिपायलस्थित शाखा कार्यालय कात्तिक २३ र २६ गते खुला रहनेछ। पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए निगमको केन्द्रीय कार्यालयका सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ। The post तिहार र छठमा इन्धन आपूर्ति सहज बनाउन निगमका १३ कार्यालय तथा डिपो खुला रहने appeared first on BIZMANDU .
More society
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- Supreme Court registers petition challenging removal of Nepal Police chiefKathmandu Post
- Malaysia ex-PM Najib Razak set for house arrest after party pays fine to leave jailKathmandu Post
- केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले गरे मातहत प्रहरी कार्यालयका सूचना अधिकारीहरूसँग छलफलNepal Khabar
- Supreme Court refuses to suspend Tarun Tejpal’s 10-year sentence in 2013 rape caseThe Hindu
- मधुपर्कको सम्पादकमा भट्टराई, मुनामा अधिकारीThaha Khabar