Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

Read the full story at Onlinekhabar (Nepali)

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनका बीच सामाजिक सञ्जालमा फर्जी पोस्ट र भिडियोहरू फैलाइएको पाइएको छ। युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक रिपोर्टका अनुसार, रुससँग जोडिएका नेटवर्कहरूले आप्रवासीविरुद्ध घृणा फैलाएर मानिसहरूलाई भड्काउने प्रयास गरेका थिए। यसका साथै इजरायल र अमेरिकाको मागा अर्थात् मेक अमेरिका ग्रेट अगेन आन्दोलनसँग जोडिएका अकाउन्टहरूले पनि प्रदर्शनसम्बन्धी गलत जानकारीहरू फैलाएका थिए।

यिनको उद्देश्य फ्रान्स सरकारलाई कमजोर देखाउनु थियो। रुससँग जोडिएका नेटवर्कहरूले सामाजिक सञ्जालमा कैयौँ झुटा दाबीहरू फैलाएको उक्त प्रतिवेदनमा उल्लेख छ । ती पोस्टमा आप्रवासीहरूले प्रदर्शनकारीमाथि बलात्कार गरिरहेको र देशमा आतङ्कवादी आक्रमण हुन सक्ने दाबी गरिएको थियो। फ्रान्सको विदेश मन्त्रालयको तथ्याङ्कअनुसार, १६ देखि १८ अक्टोबरको बीचमा रुस समर्थक समूहका सबैभन्दा बढी हेरिएका १० वटा पोस्ट २८ लाख पटक हेरिएको थियो।

यसै अवधिमा अमेरिकाको ‘मागा’ आन्दोलनसँग जोडिएका व्यक्तिहरूका सबैभन्दा बढी हेरिएका १० वटा पोस्ट ४ करोड ९० लाखभन्दा बढी पटक हेरिएको थियो। त्यस्तै, इजरायली अधिकारी, सरकारी अकाउन्ट र प्रभावशाली व्यक्तिहरू (इन्फ्लुएन्सर) का यस्तै १० वटा पोस्ट ३ करोड ५० लाखभन्दा बढी पटक हेरिएको थियो।