यू–१९ एसिया कपमा भारतसँग नेपाल पराजित
Read the full story at Nepal Khabar

पहिलो विकेटका लागि कप्तान लक्ष्य राइचन्दनी र आर्याविर सेवाङले १ सय २९ रनको अविजित साझेदारी गरेपछि भारतले नेपालमाथि सहज जित भेट्टायो। लक्ष्य ५२ र आर्याविर ७० रनमा अविजित रहे। त्यसअघि ओमानको ओसिए ग्राउण्ड १ मा भारतिय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भयो। नेपालका लागि दर्स सोनारले सर्वाधिक ४८ रनको योगदान दिए।
आशिस लुहारले २९ र निरज कुमार यादवले २० रन थपे। पाचौँ विकेटका लागि आशिस र दर्सले ४३ रनको साझेदारी गरेका थिए। सचिन भट्टले ६ तथा सुर्याशु कोइरालाले ५ रन थपे। भारतीय युवा टोलीका लागि इशान सृुदले ३ विकेट लिए।
उनले १० ओभरमा ४ मेडन राख्दै १८ रन खर्चे। भुटकुरी याशविर गौडले २ विकेट लिए। उनले ८ ओभरमा २५ रन दिए। काभ्या परेस पटेल र मनाल चौहानले समान एक विकेट आफ्नो नाममा गरे।
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- Sudurpaschim set Karnali 177-run targetKathmandu Post