Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’

Read the full story at Onlinekhabar (Nepali)

‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । संसदीय सुनुवाइका क्रममा सांसद पद्मा अर्यालले बाह्य प्रभाव र दलीय गुटबन्दीबाट न्यायाधीश कसरी मुक्त रहन सक्छन् भन्ने प्रश्न उठाएकि थिइन् । त्यसको जवाफमा डाँगीले आफ्नो उच्च अदालतको कार्यकाल र आचरण हेर्न आग्रह गरे । ‘मेरो आचरण र मेरो इतिहास उच्च अदालतको मात्रै हेर्नुहोस् ।

त्योभन्दा पहिलाको नहेर्नुहोस्। विद्यार्थी जीवनमा के होला, त्यसमा अन्यथा भन्दिनँ । तर उच्च अदालतमा १० वर्ष काम गर्दा कहिल्यै कतै दलीय पक्षमा लागेर फैसला गरेको एउटा पनि रेकर्ड छैन, म दाबाका साथ भन्न सक्छु,’ उनले भने । उनले दलीय पक्षधरता राखेर फैसला गर्नु न्यायाधीशको आचरणविपरीत हुने बताए। उच्च अदालतमा १० वर्ष काम गरेको र नेतृत्वसमेत गरेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा कुनै कर्मचारी वा अन्य पक्षले दलसँग सम्बन्ध राखेर फैसला गरेको आरोप लगाउन नसक्ने जिकिर गरे ।

‘मेरो आचरण हेर्नुहोस् । १० वर्ष हेरेँ, म नेतृत्व पनि गरेँ। मेरो आचरणले कुनै दलसँग सम्बन्ध राखेर फैसला गरेको देखाएको छैन,’ उनले भने, ‘निकट भविष्यमा पनि त्यस्तो हुनेवाला छैन । म पूर्ण प्रतिबद्धताका साथ यो निवेदन गर्छु ।