हुण्डी कारोबारी खोज्दै प्रहरी: साढे ४४ लाखभन्दा बढी नगदसहित दुई पक्राउ
Read the full story at Nagarik News

नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा सञ्चालन भइरहेको हुन सक्ने हुण्डी कारोबारको अनुसन्धानका क्रममा रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले सीमापारबाट मोटरसाइकलको ट्याङ्कीमुनि ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ नेपाल भित्र्याइएको ३० लाख रुपैयाँ बरामद गरेको छ भने त्यस रकमको गन्तव्य भनिएको गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा छापा मार्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको जनाएको छ।
रौतहट प्रहरीको विशेष टोलीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्ने ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई नियमित जाँचका क्रममा नियन्त्रणमा लिएको थियो। जैसवाललाई नियन्त्रणमा लिएर रकमबारे सोधपुछ गर्दा उक्त ३० लाख रुपैयाँ गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्स का सञ्चालक करिब ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनासँग हुण्डी कारोबारको सम्भावित सम्बन्ध रहेको आशंकापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमान्डमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा छापा मारेको थियो। छापाका क्रममा प्रतिष्ठानका सञ्चालक शेख कमरुलको घरबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद भएको एसपी रिजालले बताए।
More society
- तिहार र छठका लागि बससेवामा अग्रिम टिकट बुकिङ खुल्लाNepal Khabar
- Falling fertility rate makes two-child penalties outdated in India, says Supreme CourtThe Hindu
- ED raids Ragam Theatre in Thrissur in connection with BLM financial fraud caseThe Hindu
- प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ?Onlinekhabar (Nepali)
- Commissioner of Archaeology reviews work on museum at GangaikondacholapuramThe Hindu
- Agricultural labour seek 200 days of work under rural job schemeThe Hindu