तीन सय वर्ष पुरानो घरमा पुर्खाको इतिहास खोज्दै आरके अदिप्त गिरी
Read the full story at Thaha Khabar

पर्वत : आधुनिकताको तीव्र विकाससँगै मौलिक वास्तुकला, संस्कृति र पुर्खाका चिनोहरू लोप हुने क्रम बढ्दो छ। यस्तो अवस्थामा पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँमा भने ३ सय वर्ष पुरानो घरको संरक्षण गरेर उदाहरणीय प्रयास गरिएको छ। फोटो पत्रकार तथा सामाजिक अभियन्ता आरके अदिप्त गिरीले आफ्ना पुर्खाको ३ सय वर्ष पुरानो ऐतिहासिक घरको संरक्षण गर्दै त्यसलाई ‘शताब्दी घर’का रूपमा पुनर्जीवन दिएका छन्।
‘समाज धुर र आँगनमा खुम्चिँदै गर्दा र हाम्रा आफ्नै लाग्ने घरहरू हराउँदै जाँदा हामीले बिर्संदै गएको मौलिकता र अपनत्वको खोजीस्वरूप शताब्दी घरको परिकल्पना गरिएको हो,’ गिरीले घर संरक्षण गर्नुको कारण सुनाए। उनकाअनुसार यो एउटा पुरानो घर मात्र नभई ‘इन्टेन्जिबल हेरिटेज म्युजियम’का रूपमा विकास गर्ने योजना छ। यस घरभित्र पुर्खाका पालाका पुराना अस्त्र–शस्त्र, वस्त्र, घरायसी मौलिक सामग्री तथा हिमाल, पहाड र तराईका विभिन्न सांस्कृतिक परम्परा झल्काउने अमूल्य वस्तुहरू संग्रह गरिएका छन्।
यहाँ आउने जोकोहीले पनि आफ्ना पुर्खाको जीवनशैली र इतिहासलाई नजिकबाट अध्ययन तथा अवलोकन गर्न सक्छन्। शताब्दी घरलाई संग्रहालयमा मात्र सीमित नराखी जीवन्त सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न खोजिएको छ। यहाँ खाद्य संस्कृति (रैथाने खानपान) र कला संस्कृतिलाई एकै ठाउँमा जोड्ने प्रयास भइरहेको छ।
More politics
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar