जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ
Read the full story at Nagarik News

सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार (आज) बिहान २:४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेल भइरहेको गोप्य सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा जुवातास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट जुवातास र नगद ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका आठै जनालाई बरामद नगद तथा जुवाताससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- गाई तिहार मनाइँदै (तस्बिरहरू)Nepal Khabar
- नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओलीDC Nepal
- विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क माविNagarik News
- उपसभामुख रुबीकुमारीद्वारा तिहारको शुभकामना: कला, संस्कृति र सद्भाव सधैं जीवन्त रहिरहोस्DC Nepal
- सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थीOnlinekhabar (Nepali)