Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत

Read the full story at Onlinekhabar (Nepali)

ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत

तल्लो सदनमा कुल ४३५ सिट छन् र सबै सिटमा चुनाव भएको छ। प्रारम्भिक रुझानअनुसार विपक्षी डेमोक्रेटिक पार्टी २२७ सिटमा अगाडि छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १४२ सिटमा अगाडि छ। १८ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ सिट जितेर बहुमतको आँकडा पार गरेको छ।

कन्सासमा डेमोक्रेटिक पार्टीले करिब १०० वर्षपछि चुनाव जितेको छ। पछिल्लो पटक सन् १९३२ मा यहाँबाट कोही डेमोक्र्याट सिनेटर चुनिएका थिए। यसपटक डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर रोजर मार्सललाई हराए। उता, मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल अल-सइदले जित हासिल गरेका छन्। यससँगै उनी अमेरिकी इतिहासमा सिनेटर चुनिने पहिलो मुस्लिम बनेका छन्।

तल्लो सदनमा कुल ४३५ सिट छन् र सबै सिटमा चुनाव भएको छ। प्रारम्भिक रुझानअनुसार विपक्षी डेमोक्रेटिक पार्टी २२७ सिटमा अगाडि छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १४२ सिटमा अगाडि छ। सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव भएको छ। हालसम्म ३१ सिटको नतिजा आइसकेको छ, जसमा डेमोक्रेटिक पार्टीले १९ र रिपब्लिकन पार्टीले १२ सिट जितेका छन्। बाँकी ४ सिटको मतगणना जारी छ।