Skip to main content
राजनीतिSetopati

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते

Read the full story at Setopati

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते

इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा तीनवटै सवारीसाधनमा सवार छ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ की सात वर्षीया रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी खड्काले बताए।

घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।