Skip to main content
राजनीतिOnlinekhabar (Nepali)3 outlets covering

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

Read the full story at Onlinekhabar (Nepali)

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं । सरकारले गत कात्तिक १७ गते दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति कार्यालय पठाएको हो ।

‘अध्यादेश आइपुगेको छ । अब बिदा पनि सुरु भयो,’ राष्ट्रपतिको कार्यालयका एक अधिकारीले भने । उनका अनुसार प्राप्त अध्यादेश अध्ययनकै क्रममा छ । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य समयमा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन् ।

दुवै सदनले स्वीकृत नगरेमा वा अध्यादेश प्रतिस्थापन विधेयक आएर ऐनमा रुपान्तरित नभए सदनमा पेश भएको ६० दिनभित्र स्वतः निष्क्रिय हुनेछ । सरकारले अध्यादेशमा के कस्ता विषय समावेश गरिएको छ भनेर कुनै जानकारी दिएको छैन । साथै, अध्यादेश ल्याउनुपर्ने कारण पनि स्पष्ट खुलाएको छैन ।