Skip to main content
राजनीतिSetopati

विद्युतीय बत्तीको झिलिमिलीमा पनि माटोका पालाको चमक (तस्बिरहरू)

Read the full story at Setopati

विद्युतीय बत्तीको झिलिमिलीमा पनि माटोका पालाको चमक (तस्बिरहरू)

पोटरी स्क्वायर पुग्दा लाग्छ, कुनै खुला संग्रहालयमा आइपुगियो। यहाँका घर-घरमा माटो मुछ्ने, चक्र घुमाउने, भाँडाकुँडालाई आकार दिने र घाममा सुकाउने दृश्य देखिन्छन्। माटोबाट विभिन्न आकारका भाँडाकुँडा बनाउने यहाँका मानिसहरू कुनै खारिएका कलाकारभन्दा कम लाग्दैनन्। यही कारण पोटरी स्क्वायर स्वदेशी तथा विदेशी पर्यटकका लागि पनि भक्तपुर घुम्दा पुग्नैपर्ने आकर्षक गन्तव्य बनेको छ। अहिले यही पोटरी स्क्वायरमा तिहारको तयारी चलिरहेको छ। तिहार नजिकिँदै गर्दा माटोका पाला, धुपौरो र पूजापाठमा प्रयोग हुने अन्य सामग्री बनाउन भ्याइनभ्याइ छ।

यहाँका प्रजापति समुदायका परिवारलाई अहिले माटोका सामग्री बनाउन र बजारमा पठाउन चटारो छ। बाबुले सिकाएको सीपलाई उनले निरन्तरता दिइरहेका छन्। उनका अनुसार उनी एक दिनमा तीनदेखि चार सय वटासम्म धुपौरो बनाउन सक्छन्। तिहारको समयमा भने अरू बेलाभन्दा बढी माग हुने भएकाले कामको चाप पनि बढ्छ। 'हाम्रो त पुर्ख्यौली पेसा हो। बाबाले यस्तो गर्ने, उस्तो गर्ने भनेर सिकाउनुभयो।

अहिले हामीले पनि यही कामलाई निरन्तरता दिइरहेका छौँ,' विवेक भन्छन्। उनका अनुसार माटोका भाँडाकुँडा बनाउने कामबाट परिवारको गुजारा चलेको छ। तर, पहिलेको तुलनामा यसबाट हुने आम्दानी र नाफा भने घटेको छ। भाँडा बनाउन आवश्यक माटोसमेत अहिले आफैले किनेर ल्याउनुपर्छ।