Skip to main content
राजनीतिThaha Khabar

पोखरामा सयपत्री पुष्प मेला सुरु

Read the full story at Thaha Khabar

पोखरामा सयपत्री पुष्प मेला सुरु

फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्। यही कात्तिक २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेलमैदानमा सञ्चालन हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछ। तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ। स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवद्र्धनमा लाग्न कृषक र व्यवसायीलाई सुझाव दिए। ‘पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ। स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ।

उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने। महानगरका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ।