दिपावली पार्टीमा माछा खाएपछि प्रियंका चोपडा ट्रोल
Read the full story at Onlinekhabar (Nepali)

बलिउड अभिनेत्री प्रियंका चोपडा दिपावली पार्टीमा माछा (प्राउन) खाएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनाको सिकार भएकी छन् । केही प्रयोगकर्ताले लक्ष्मी पूजा गरेपछि मांसाहारी खाना खानु उचित नभएको भन्दै आलोचना गरेका छन् । प्रियंकाले भारतभन्दा टाढा अमेरिकाको लस एन्जलसस्थित आफ्नो घरमा दिवाली मनाएकी थिइन् । उनले पति निक जोनस, छोरी मालती र परिवारका सदस्यसँग मनाएको दिवालीका केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । रातो रङको परम्परागत पहिरनमा सजिएकी प्रियंका निकै आकर्षक देखिएकी थिइन् ।
उनको घर दियो, मैनबत्ती र फूलले सजाइएको थियो। निक र मालती पनि सेतो पहिरनमा देखिएका थिए । दिपावली उत्सवका तस्बिरसँगै उनले खानाका परिकार पनि देखाएकी थिइन् । तर, एउटा तस्बिरमा प्रियंका झिँगे माछा खाइरहेको देखिएपछि सामाजिक सञ्जालमा बहस सुरु भयो । केही प्रयोगकर्ताले दिपावलीका दिन मांसाहारी खाना खानु हुँदैन भन्दै उनको आलोचना गरे ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘दिपावलीमा मांसाहारी खाना खानु हुँदैन । ’ अर्काले प्रश्न गरेका छन्, ‘दिवालीकै दिन झिँगे माछा किन खाएको ?’ त्यस्तै, एक प्रयोगकर्ताले पूजा गरेपछि मासु र माछा खानुको अर्थ के भन्दै प्रश्न गरेका छन् । अर्काले भने दिवालीमा मांसाहारी खाना खानु हुँदैन भन्दै प्रियंकालाई यस्तो खाना नखान सुझाव दिएका छन् । तर, सबैले उनको आलोचना गरेका छैनन् ।
More politics
- एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दैNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar