वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
Read the full story at Thaha Khabar

काठमाडौंः पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार सोमबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
More environment
- कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, क्षतिपूर्ति मागNepal Khabar
- सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध, यात्रुलाई सास्तीNepal Khabar
- Delhi's air quality slips into 'severe' category morning after Deepavali, AQI at 404The Hindu
- एनपीएल: आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्नेNagarik News
- Air pollution over 50 times WHO limit in parts of Delhi as people defy ban on firecrackers on DeepavaliThe Hindu
- Morning Digest: Delhi air quality worsens as people defy firecrackers ban on Deepavali; 19 Indian seafarers stranded in Yemen evacuated, and moreThe Hindu