आजदेखि छठ पर्व सुरु : मिथिला क्षेत्रमा बढ्यो चहलपहल, घरघरमा प्रसाद तयार गर्ने चटारो
Read the full story at Bizmandu
काठमाडौं । आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन्। आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।
पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन्। बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ। सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।
छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ। भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए। मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ। केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ।
More society
- धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच जना घाइतेDC Nepal
- More women work but in informal and less secure jobsThe Hindu
- ‘Gem Granites’ Veeramani POCSO case: First charge sheet filed, Madras High Court toldThe Hindu
- Spanish court suspends far-right group over alleged hate crimesAl Jazeera
- मोरङमा महिलाको शव फेलाDC Nepal
- US doctor kills building manager after long-running dispute over mould, police sayBBC